Kathmandu Press

अंकुरी महादेव मन्दिरमा ६० किलोको बसाहा

सप्तरी, भदाै ४ : श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ। मन्दिर परिसरमा आज थप ६० किलोको...
अंकुरी महादेव मन्दिरमा ६० किलोको बसाहा

सप्तरी, भदाै ४ : श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ। मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ। यसअघि पनि परिसरमा बसाहा राखिएको थियो। 

तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गर्नुभएको हो। मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो। अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका-२ मा पर्छ। 

अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताए। अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठुलो मेला लाग्छ। 

प्रकाशित मिति: १३:५२ बजे, शनिबार, भदौ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्