Kathmandu Press

मोगादिसुको हयात होटलमा आतङ्वादी आक्रमण : १० जना मारिए

मोगादिसु, भदाै ४ : यहाँस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा  राजधानीको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा...
मोगादिसुको हयात होटलमा आतङ्वादी आक्रमण : १० जना मारिए

मोगादिसु, भदाै ४ : यहाँस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा  राजधानीको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौं घाइते भएका छन्। 

घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन्। यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन।

हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए। शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो। 

होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन। इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ।

होटलको स्वागतकक्ष बाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन्। आक्रमणमा मारिएकाहरूको परिचय पनि खुलाइएको छैन। 

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्