Kathmandu Press

वातावरणमैत्री साइकल र्‍याली सम्पन्न

काठमाडाैं, भदाै ४ : हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल र्‍याली आयोजना गरिएको छ।      महिला सशक्तिकरण तथा वातावरण संवर्धनमा सहयोग पुर्‍याउने...
वातावरणमैत्री साइकल र्‍याली सम्पन्न

काठमाडाैं, भदाै ४ : हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल र्‍याली आयोजना गरिएको छ।
      
महिला सशक्तिकरण तथा वातावरण संवर्धनमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सपोर्ट फर डेभलपमेन्ट’को सहयोगमा जनसङ्ख्या, महिला तथा वातावरणीय विकास संस्था र महिलाको पहुँच अनुसन्धान केन्द्र नेपालको संयुक्त आयोजनामा वसन्तपुरमा उक्त र्‍याली आयोजना गरिएको हो।

र्‍याली वसन्तपुर, न्युरोड, रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार, भद्रकाली, शान्तिबाटिका हुदै पुनः वसन्तपुर पुगेर टुङ्गिएको थियो। 

Hardik ivf

‘गाउँदेखि शहर, महिला साइकलको लहर’, ‘साइकल चढौँ, खर्च बचाऔं,’ ‘महिलाको हात साइकलको साथ’, ‘साइकलको यात्रा महिला स्वतन्त्रता’ लगायत नाराका विभिन्न प्लेकार्ड र ब्यानरसहित र्‍याली निकालिएको थियो।

र्‍यालीमा महिला नेतृ हिशिला यमी, विभिन्न सामाजिक अभियन्तालगायतको उपस्थिति थियो।
   
महिलाको सहभागिता बढाउनुका साथै वातावरण संरक्षण र विकासमा महिला तथा पुरुष दुवैको समान र सक्रिय सहभागिता बढाउने र्‍यालीको उद्देश्य रहेको आयोजक विकास संस्थाका उपाध्यक्ष जगन्नाथ अधिकारीले बताए।

उनले र्‍यालीमा लैंगिक समानता र वातावरणको संरक्षण तथा विकासबीच समान रुपमा सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्