Kathmandu Press

भोलिदेखि जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला

काठमाडौं, भदौ ४ : स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि शुरु हुने भएको छ।स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री...
भोलिदेखि जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला

काठमाडौं, भदौ ४ : स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि शुरु हुने भएको छ।

स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।

मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए।

मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ।    

एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ। मेला १५ दिनसम्म चल्नेछ।

प्रकाशित मिति: ०८:३५ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्