Kathmandu Press

कर्णाली प्रदेश सरकारद्वारा छानबिन समिति गठन

सुर्खेत, भदौ ४ : कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ।प्रदेश...
कर्णाली प्रदेश सरकारद्वारा छानबिन समिति गठन
Hardik ivfHardik ivf

सुर्खेत, भदौ ४ : कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ।

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरिएको हो। समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून सचिव, जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक/एक अधिकृत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक सदस्य रहेका छन्।

समितिलाई घटनाको यथार्थ विवरणसहितको प्रतिवेदन ल्याउन सात दिनको समयसीमा दिइएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले जानकारी दिए। उनका अनुसार लामिछाने मृत्यु घटनाका आरोपित कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ।

लामिछानेका आफन्तले वन कार्यालयका चारजना कर्मचारीविरुद्व किटानी जाहेरी निवेदन दिएका छन्। जसमा सहायक वन अधिकृत, फरेष्टर, दुई वन रक्षक रहेका छन्।

वन कार्यालयका कर्मचारीले कार्यालय प्रमुखको आदेश अनुसार सालको रुख काट्दै गरेका लामिछानेलाई लिएर वन कार्यालयमा बुझाएको तर उनको मृत्युमा आफुहरुको कुनै कसुर नभएको बताएका छन्।

कर्तव्य पालना गर्दा बिहीबारदेखि नै पक्राउ पूर्जी र उजुरी विना प्रहरी हिरासतमा राख्दा मनोबल गिरेको र आफूहरु अन्यायमा पारेको उनीहरुले गुनासो गरेका छन्। कर्मचारीले लामिछानेलाई बिहीबार वन कार्यालय पु¥याएर इजलास कक्षमा राखेको समयमा बेलुका ५ः१० बजे झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा भेटिएका थिए। (रासस)

प्रकाशित मिति: ०७:०९ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्