Kathmandu Press

पत्रकारलाई धम्की दिएको घटनाप्रति प्रेस युनियनकाे ध्यानाकर्षण

काठमाडाैं, भदाैं ३ : नेपाल प्रेस युनियनले समाचार प्रकाशित गरेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएकाे छ। काठमाडाैंस्थित दरवारमार्ग वृत्तका...
पत्रकारलाई धम्की दिएको घटनाप्रति प्रेस युनियनकाे ध्यानाकर्षण

काठमाडाैं, भदाैं ३ : नेपाल प्रेस युनियनले समाचार प्रकाशित गरेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएकाे छ। काठमाडाैंस्थित दरवारमार्ग वृत्तका प्रहरी अधिकारीले प्रेस युनियनका सचिव छायाँचन्द्र भण्डारीलाई समाचार प्रकाशित गरेको विषयमा धम्की दिएपछि युनियनले बिज्ञप्तीमार्फत ध्यानाकर्षण भएकाे जनाएकाे हाे।

बिज्ञप्तीमा भनिएकाे छ, 'समाचारको विषयमा असहमति जनाउँदै सम्बन्धित प्रहरी अधिकारी कानुनी प्रक्रियामा अघि बढिसकेपछि पनि धम्की दिने कार्य निन्दनीय छ। यस्ता कार्य रोक्न सम्बन्धित अधिकारीलाई युनियन आग्रह गर्दछ।'

समाचारमा चित्त नबुझे त्यस उपर कानुनी कारबाहीका लागि प्रेस काउन्सिल वा अदालत जान सक्ने कानुनी व्यवस्था हुँदा पनि समाचारको विषयलाई लिएर विद्युतीय कारोबार ऐनको दुरुपयोग गरी फौजदारी मुद्दा चलाउन नपाइने युनियनले जनाएकाे छ।

'प्रहरी अधिकारी होस् वा पत्रकार सबै आफ्नो पदीय मर्यादामा बस्नुपर्छ भन्नेमा युनियन प्रष्ट छ, विज्ञप्तीमा भनिएकाे छ, 'समाचार प्रकाशित गर्दा पत्रकार आचारसंहिता पूर्ण पालना गर्न, कसैको व्यक्तिगत चरित्र हत्या गर्ने प्रकारका सञ्चार सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रेस युनियन यसै विज्ञप्ति मार्फत् सबै सदस्य र पत्रकारहरुलाई अनुरोध गर्दछ।'

प्रकाशित मिति: २०:५० बजे, शुक्रबार, भदौ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्