Kathmandu Press

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, भदौ ३ : सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न चीनले अमेरिकासँग आग्रह गरेको छ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ...
सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, भदौ ३ : सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न चीनले अमेरिकासँग आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत नबुझ्न अमेरिकी पक्षलाई आग्रह गरेका हुन।

पूर्वी एसियाली तथा प्रशान्त क्षेत्रमामिला अमेरिकी सहायक विदेशमन्त्री डेनियल क्रिटेनब्रिंकले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रियाबारे लगाएको आरोपको जवाफमा वाङले उक्त कुरा बताएका हुन।

'पेलोसीको चीनको ताइवान क्षेत्रको उत्तेजक भ्रमणबारे सन्दर्भ, कारण र घटनाक्रम स्पष्ट छ,' वाङले भने।

उनले भने, 'संयुक्त राज्य अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको छ र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको छ।'

'चिनियाँहरू अलास्काको ‘स्वतन्त्रता’लाई समर्थन गर्न संयुक्त राज्य अमेरिका गएका नभइ अमेरिकी नेताहरू ‘ताइवान स्वतन्त्रता’को नाममा ताइवानी पृथकतावादी गतिविधिलाई समर्थन गर्न ताइवान गएको भन्ने बिषय सबैसामु छर्लङ्ग छ,' वाङले भने।

अमेरिकी उक्साहटविरूद्ध चीनको कडा प्रतिक्रिया तर्कसङ्गत, कानुनसम्मत र न्यायोचित रहेको र यसलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा बुझेको र समर्थन गरेको वाङले बताए।

जिम्मेवारीबाट पन्छिनु र आरोपबाट पन्छिनु र समस्यालाई थप संकटतर्फ लानुको सट्टा अमेरिकी पक्षका लागि समस्याको एक मात्र समाधान चीन–अमेरिका सम्बन्धमा चीन र अमेरिकाले जारी गरेका तीन संयुक्त विज्ञप्तिको पालना गर्नु र एक चीन नीतिप्रति प्रतिवद्ध हुनु हो।

वाङले भने, 'हामी हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ सङ्कल्पित छौं। हामी अमेरिकी पक्षलाई यस विषयमा गलत अनुमान नगर्न आग्रह गर्दछौं।'

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, भदौ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्