Kathmandu Press

भक्तपुरको गाईजात्रा सम्पन्न

भक्तपुर, भदाैं ३ : नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ। भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी...
भक्तपुरको गाईजात्रा सम्पन्न

भक्तपुर, भदाैं ३ : नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ। भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी संस्थानले विधिपूर्वक पूजा गरी सरकारी घिन्ताङघिसी नाचलाई नगरपरिक्रमा गराऐसँगै गाईजात्रा शुरु भएको थियो।

गाईजात्राको अन्तिम दिन आज पनि भक्तपुरका विभिन्न स्थानबाट हास्यव्यङ्ग्यसहितको ख्याली प्याखँ (हास्य नाच) प्रदर्शन गरिएको थियो। मानिसहरु अनेक प्रकारका वेशभूषामा सजिएर जात्रा अवलोकन गर्नेहरुलाई मनोरञ्जन प्रदान गरेका थिए। विभिन्न टोलटोलबाट आज पनि घिन्ताङघिसी नाच प्रदर्शन गरिएको थियो।

Hardik ivf

आजै भक्तपुरको सूर्यमढीस्थित वाकुपतिनारायणलाई दीप प्रज्वलनसहित नगरपरिक्रमा गराइएको थियो। सो नगरपरिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरु परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भएका थिए। सो अवसरमा हातमा दियो बालेरसमेत स्थानीयवासी सहभागी भएका थिए।

गाईजात्राको समापनसँगै गाईजात्राको अवसरमा प्रदर्शन गरिएका देवी नाच, महाकाली नाच, भैरव नाच, लाखे नाच, बाँदर नाचलगायतका साँस्कृतिक र पौराणिक नाचहरुको प्रदर्शनसमेत सम्पन्न भएको छ।

प्रकाशित मिति: १९:०१ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्