Kathmandu Press

जलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेगका बासिन्दा

ढाका, भदाैं ३ : दक्षिणी बङ्गलादेशका स्थायी बासिन्दा मोहम्मद ज्वेल र आरजु बेगमका पितापुर्खाले बनाएको टिनको छाना भएको घर एक वर्ष अघि मेघ्ना...
जलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेगका बासिन्दा

ढाका, भदाैं ३ : दक्षिणी बङ्गलादेशका स्थायी बासिन्दा मोहम्मद ज्वेल र आरजु बेगमका पितापुर्खाले बनाएको टिनको छाना भएको घर एक वर्ष अघि मेघ्ना नदीको बाढीले बगाएपछि उनीहरू पुख्र्यौली थातथलो छाडेर अन्यत्र जान बाध्य भए।

भोला जिल्लाको रामदासपुर गाउँमा रहेको आफ्नो घर बगेको भोलिपल्ट बिहानै यी दम्पती आफ्ना चार जना छोरा लिएर सय किलोमिटर  टाढा राजधानी ढाकातर्फ लागे। रामदासपुर गाउँ सबैभन्दा बढी बाढीबाट प्रभावित तटीय क्षेत्रहरूमध्येको एक हो जहाँ धेरै गाउँलेहरू नियमित रूपमा हराउँछन्। उनीहरूका घर र जग्गा पनि बङ्गालको खाडीमा बिलाउँछन्।

बङ्गलादेशबाट बग्ने मेघ्नालगायत धेरै नदीको उद्गमस्थल हिमालय हो। एक सय ३० भन्दा बढी नदी देशको उत्तरी र उत्तरपूर्वी क्षेत्रबाट बग्छन् जसले वर्षायाममा तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर जोखिममा पर्ने गरेका छन्।

Hardik ivf

जलवायु परिवर्तनका कारण देशको मौसममा अनियमितता उत्पन्न भई नदीको किनार द्रुत रूपमा भत्किने र गाउँपछि गाउँ ध्वस्त हुने गरेका विज्ञहरू बताउँछन्। वर्षायाममा धेरै नदीहरूले बाटो परिवर्तन गर्छन्  जसले बजार, विद्यालय, मस्जिद बगाउँछन्।

समुद्री सतहको वृद्धि, नदी कटान, चक्रवात आँधी र भित्री भूभागमा नुनिलो पानी बग्ने कारण लाखौं विस्थापित हुने र ‘जलवायु शरणार्थी’ बन्ने जोखिममा परेका वैज्ञानिकहरू बताउँछन्। गत वर्ष प्रकाशित विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०५० सम्ममा दक्षिण एसियाका आन्तरिक जलवायु शरणार्थीमध्ये एक तिहाइ बङ्गलादेशमा हुने अनुमान गरिएको छ।

'हामी नदी हेरेर हुर्केका हौँ, यहीँ माछा मारेर बाँचिरहेका थियौँ तर अहिले हामीबाट सबै कुरा खोसिएको छ, मेरो चित्त दुख्छ जब म मेरो गाउँ, मेरा पुर्खाहरू, मेरा पुराना दिनहरू सम्झन्छु। मसँग मेरो जन्मस्थान छोड्नुको विकल्प थिएन,' भर्या आरजु बेगमका साथ एक वर्षपछि रामदासपुरको आफ्नो पुरानो घर भएको स्थानमा पुगेका ज्वेल भावुक हुँदै भन्छन्।

मेघ्ना नदीले पथ परिवर्तन गरेर आफ्ना छिमेकीका घर पनि बगाएको देखे। उनले बाल्यकालमा बस्तीको नजिकबाट नदी बगेको कहिल्यै महसुस गरेका थिएनन् तर केही वर्षयता  मेघ्नाको धार हरेक वर्ष मानवबस्तीतर्फ सोझिँदै गएको छ।

कुनै समय साना खुद्रा सामग्रीका पसल, चियाचमेना बेच्ने पसल, हाटबजार र हरियालीले आकर्षक गाउँ अहिले उजाड प्रायः छ। दुई हजारभन्दा बढी मानिसको बसोबार रहेको आफ्नो गाउँमा मुस्किलले अहिले पाँचसय जना भेटिन्छन्।

हालैका वर्षमा हुन थालेको मुसलधारे वर्षाले तटीय क्षेत्रका बासिन्दाको जीवन कष्टकर बनाएको तथा आफ्ना समुदायका पुराना साथी र तिनका घरका अवशेषहरूबाट हिँड्दा आरजु बेगमलाई पनि उत्तिकै पीडा हुन्छ। 'डुब्ने डरले घरको ढोकामा डोरीले खुट्टा बाँधेर कान्छो छोरालाई हुर्काएको हुँ। ज्वारभाटाको समयमा घर पानीले भरियो र मेरो कान्छो छोरो सधैं पानीतिर लाग्थ्यो, अवोध केटाकेटीलाई पानीमा खेल्न आनन्द आउँछ,' बेगम विगतलाई यसरी सम्झन्छिन्।

मेघ्नाको बाढीबाट विस्थापित भएकाहरू कोही उठाइएका अग्ला भागमा, कोही भाडाको घरमा, कोही बाँधको छेउमा अस्थायी आश्रयमा बसिरहेका छन्। बेगम ढाका गइन् तर उनी पनि समुदायका अरूजस्तै घरबारविहीन भइन्।

प्रतिदिन दुई हजारभन्दा बढी आप्रवासी राजधानी ढाका आउने गरेका छन्। बङ्गलादेशको राजधानीको उत्तरी भागमा जलवायु परिवर्तनका कारण प्रभावित भएका  आप्रवासीका लागि आश्रयस्थल निर्माण गरिरहेका छन् तर ज्वेल र बेगमको परिवार उक्त आश्रयस्थलमा टाउको लुकाउने स्थान पाउन असमर्थ छन्।

विशेष गरी अमेरिका, चीन र भारतजस्ता देशले हरित गृह ग्यास उच्च मात्रामा उत्सर्जन गर्नाले विश्वका धेरै स्थानमा अधिक कठोर मौसमी घटना बढाएको विज्ञहरू बताउँछन्। ढाकाको मिरपुर क्षेत्रमा बसेका ज्वेल र बेगमलाई मेघ्नाको त्रास अब छैन तर उनीहरूको जीवनमा कुनै परिवर्तन आएको छैन।

घरघर पुगेर ज्वेल फोहर सङ्कलन गर्छन् र प्राप्त १२ हजार टाका पारिश्रमिकले परिवारको भरणपोषण गर्छन्। उनलाई सबैभन्दा मननपर्ने काम नै फोहर सङ्कलन गर्नु हो तर उनी विवश छन्। बेगमको काम पनि सरसफाइसँगै सम्बन्धित छ। उनी दुईवटा घरमा सरसफाईको काम गर्छिन र महिनामरेपछि पाइने चार हजार टाकाले घर भाडा तिर्न श्रीमान्लाई आफ्नो आम्दानी सुम्पिन्छिन्। वर्षदिन अघि आफ्नै घरमा बसेकी उनलाई अहिले महिनैपिच्छे घरवेटीलाई भाडा तिर्नुपर्दा नरामाइलो लाग्छ।

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्