Kathmandu Press

हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

कैलाली, भदाैं ३ : जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ।विगत...
हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

कैलाली, भदाैं ३ : जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ।

विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्नेबाहेक अन्य कुनै खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ।

ऐन नियमको विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलोरूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरे गराएमा कानूनबमोजिम कारवाही हुनेसमेत सूचनामा उल्लेख छ।

साथै सुंसस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घसंस्थाहरु, सञ्चारकर्मीहरु र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, भदौ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्