Kathmandu Press

‘पुटिन र सी चिनफिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने’

इन्डाेनेसिया, भदाैं ३ : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको...
‘पुटिन र सी चिनफिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने’

इन्डाेनेसिया, भदाैं ३ : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन।

विडोडोले ब्लुमबर्गसँग भने, 'सी जिनपिङ आउनुहुनेछ। राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनु भएको छ।'

Hardik ivf

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय मुलुकहरूले रूसी नेता पुटिनले यूक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए भने तीनै मुलुकका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रूस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिननहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनु पर्नेमा जोड दिँदै आएका छन्।

पछिल्लो समय अमेरिका र चीनबीच ताइवान बिषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो। चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा द्वन्द्व हुँदै आएको छ। यसैबीच, युक्रेनमा जारी युद्धले अमेरिकी नेतृत्वको पश्चिमी समूह र मस्कोबीच दरार बढाएको छ।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्