चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिँएर दुई जनाको मृत्यु
काठमाडौं, मंसिर १२ : काठमाडौंको चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिँएर दुई जनाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ ....

काठमाडौं, मंसिर १२ : काठमाडौंको चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिँएर दुई जनाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिँएर दाङ बबई गाउँपालिका–१ का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शंकर खड्काले बाटो बनाउने क्रममा एक्कासी माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको जानकारी दिए। उनीहरुको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:१० बजे, बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











