Kathmandu Press

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो

इस्लामाबाद, भदाै ३ : पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैरआवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेकाे छ। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य...
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो

इस्लामाबाद, भदाै ३ : पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैरआवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेकाे छ। 

मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो। प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताएका छन्। 

पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग अनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको बताएका छन्। 

कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासुलगायत पूर्ण रूपमा निर्मित वस्तुहरूको आयात घटाउन सरकारले धेरै वस्तुहरूमा उच्च भन्सार लगाउने इस्माइलले बताएका छन्। 

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, भदौ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्