Kathmandu Press

कोरियामा थप १ लाख ३८ हजार सङ्क्रमित

कोरियामा थप १ लाख ३८ हजार सङ्क्रमित

साेल, भदाै ३ : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ जना सङ्क्रमित भएका छन्।

दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन्। योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख ३७ पुगेको छ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार नौ सय २६ रहेको थियो।

बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै सङ्क्रमित भएको देखिएको थियो।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय ९२ जनाको अवस्था गम्भीर रहेको स्वाथ्य अधिकारीहरुले जनाएका छन्। यो सङ्ख्या अघिल्लो दिनको भन्दा २२ बढी हो।

पछिल्लो एक दिनमा कोरोनाका कारण दक्षिण कोरियामा ८३ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या कोरियामा २५ हजार ८९६ पुगेको छ। 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, भदौ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्