Kathmandu Press

साग महिला भलिबल : भारतसँग नेपाल सोझो सेटमा पराजित 

काठमाडौं, मंसिर १२ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित राखे....

साग महिला भलिबल : भारतसँग नेपाल सोझो सेटमा पराजित 
रिवाज राई

काठमाडौं, मंसिर १२ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो। पहिलो सेट २६–२४ ले हारेको नेपाल दोस्रो सेटमा २५- १२ र तेस्रोमा २५ -१६ ले पराजित हुन पुग्यो। 

जितसँगै भारतले २ अंक जोडेको छ। पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको नेपालको पनि समान २ अंक नै छ। भारतले अब दोस्रो खेल बंगलादेशसँग खेल्नेछ।


 

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, मंसिर १२, २०७६