Kathmandu Press

वार्षिकोत्सवमा कोअपरेटिभ म्यानेजर्स क्लबको अभिमुखीकरण कार्यक्रम 

काठमाडाैं, भदाै ३ : कोअपरेटिभ म्यानेजर्स क्लवको स्थापना भएको एक वर्ष पुरा भएको छ। सो अवसरमा क्लवले बनेपा नगरपालीका भित्र रहेका सहकारीका व्यवस्थापन...
वार्षिकोत्सवमा कोअपरेटिभ म्यानेजर्स क्लबको अभिमुखीकरण कार्यक्रम 

काठमाडाैं, भदाै ३ : कोअपरेटिभ म्यानेजर्स क्लबको स्थापना भएको एक वर्ष पूरा भएको छ। सो अवसरमा क्लबले बनेपा नगरपालिकाभित्रका सहकारी व्यवस्थापन प्रमुखहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष श्री मदन बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकका अध्यक्ष दिलीप शर्माले गरेका थिए। क्लबका सचिव ठाकुरनाथ अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथि र सहभागी सबैमा उपाध्यक्ष गोपालप्रसाद दाहालले आफ्नो मन्तव्यसहित स्वागत गरे।

कार्यक्रममा अध्यक्ष मदन बस्नेतले क्लब स्थापना हुनुको उद्देश्यमाथि प्रकाश पारे। उनले प्रारम्भिक सहकारी संस्था, विषयगत संघहरु, जिल्ला सहकारी संघ, सहकारी बैंक र सहकारी वृद्घि विकासका लागी सहयोग गर्न चाहने अन्य संघसंस्थाहरुसँगको सहयोग र सहकार्यमा सहकारी संस्थामा  कार्यरत जनशक्तिहरुको क्षमता विकासका लागि स्तरीय तालीमका माध्यमबाट सहकारी मर्मअनुरुप व्यवशायिक संस्था निर्माण र विकासमा सहयोग पुर्याउनु क्लबकाे लक्ष्य रहेको बताए।

एक वर्षमा क्लवले गरेका कार्यक्रमको जानकारी गराउनु भएको थियो भने प्रमुख अतिथि शर्माले क्लबले उद्देश्य अनुरुपका कार्यकम ल्याएमा जिल्ला संघ सधै सहयोग गर्न तयार रहेको र क्लवलाई आवश्यक परेमा संघको नवनिर्मित भवन निर्माण सम्पन्न भए पश्चात एउटा कोठा कार्यालय सञ्चालनका लागि उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे। 

छलफलमा अहिले सहकारी संस्थाहरुमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो। क्लबले यो अभिमुखीकरण कार्यक्रम क्षेत्रीय रुपमा (पाँचखाल, पनौती र नमोबुद्ध) गर्ने तयारी गरेकोमा पहिलो चरणमा बनेपामा रहेका सहकारी संस्थामा काम गर्ने व्यवस्थापन प्रमुख र अधिकृत स्तरमा कार्यरत कर्मचारीहरुलाई आमन्त्रण गरिएको थियो। क्लबमा हाल ५५ जना सदस्य आबद्ध छन्।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्