Kathmandu Press

प्राज्ञिक विद्यार्थी परिषद्हि माली जिल्लामा पनि सक्रिय

काठमाडाैं, भदाै ३ : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा पनि सक्रिय भएको छ। परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्ने भएको...
प्राज्ञिक विद्यार्थी परिषद्हि माली जिल्लामा पनि सक्रिय

काठमाडाैं, भदाै ३ : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा पनि सक्रिय भएको छ। परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिषदले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गर्न लागेको जानकारी दिएको हो।

परिषदको सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९मा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने भएको हो।

पत्रकार सम्मेलनमा बौल्दै  प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले यो वर्षमात्रै नभएर विगत २७ वर्षदेखि नै परिषदले विद्यार्थीलक्षित शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको जानकारी दिनुभयो।

उहाले निस्वार्थ रुपले विद्यार्थीहरुलाई सहयोग गर्ने परिषदको मुख्य उद्देश्य रहेको भन्दै भुकम्प र कोरोना पीडितलाई पनि सहयोग गरेको बताउनुभयो।

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, भदौ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्