Kathmandu Press

अफगानिस्तानमा भएको घातक हमलाको राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा भएको घातक हमलाको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, भदाै ३ : अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय सहयोग नियोग (युनामा) ले बिहीबार राजधानी काबुलको मस्जिदमा भएको घातक हमलाको निन्दा गरेको छ ।

‘हामी काबुलको मस्जिदमा हिजो भएको आक्रमणको निन्दा गर्दछौं, हालैका हप्ताहरूमा  दुई सय ५० भन्दा बढी व्यक्तिको ज्यान जाने र घाइते भएका बम विष्फोट शृङ्खलाको पछिल्लो घटना हो । 

गत वर्षको तुलनामा मासिक रूपमा हुने नागरिकको मृत्युको सबैभन्दा ठुलो संख्या भएको युनामाले छोटो वक्तव्यमा  जानकारी दिएको छ। 

बुधबार साँझ नमाजको समयमा यस मस्जिदमा भएको ठूलो विस्फोट परी २१ जनाको मृत्यु भएको छ । मस्जिदका धर्मगुरु इमाम अमिर मुहम्मद काबुलीसहित ३३ जना घाइते भएका छन्।  

काबुलमा भएको आक्रमणको पछाडी कसको हात थियो भन्ने बारे अहिलेसम्म केही खुल्न सकेको छैन। यद्यपि हाल विष्फोट स्थललाई बन्द गरिएको छ।

देशको बिग्रिएको सुरक्षा अवस्थाको बीचमा सबै प्रकारका आतङ्कवादलाई रोक्न संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठोस कदम चाल्न तालिबान अधिकारीहरूलाई आह्वान गरेको छ। 

कमजोर समुदायलाई थप सहयोग उपलब्ध गराउनुपर्छ र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने युनामले भनेको छ।

‘हामी मारिएका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं र त को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं युनामाले थप जानकारी दिएको छ। 

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्