Kathmandu Press

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन

कोलम्बो, भदाै ३ : श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन्।देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर...
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन

कोलम्बो, भदाै ३ : श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन्।

देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भाग्नु भएका गोटाबायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ। उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ। 

Hardik ivf

श्रीलंकाको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुंगाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए। पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिने विरातुंगाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए। पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए।

तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलंका फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ।  उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ। उनकी पत्नी आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेकी छन्।

उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन्।  

मुलुकमा आर्थिक संकट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटाबाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उहाँको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नुपरेको हो। उनी सुरुमा म्यानमार गए। त्यसपछि थाइल्यान्ड हुँदै सिङ्गापुर पुगे। 

उनले देश छोडेपछि श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन्। नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्