Kathmandu Press

चीनमा बाढीबाट १७ जनाको मृत्यु, १७ बेपत्ता

सिनिङ, भदाै ३ : चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार...
चीनमा बाढीबाट १७ जनाको मृत्यु, १७ बेपत्ता

सिनिङ, भदाै ३ : चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन्। 

ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन्। स्थानीय समयानुसार बुधबार राती १०।२५ देखि सुरु भएको भिषण बर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ।

Hardik ivf

धेरै माटो बोकेर आएको बाढीले नदिको वहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरुले जनाएका छन्।बाढीबाट छ गाउँका छ हजार दुई सय ४५ घर प्रभावित भएका छन्। ती मध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ। 

बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सय भन्दा बढी मानिस विस्थापित भएका छन्। उनीहरुका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ। उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ।  

सेना प्रहरी र उद्धारकर्मीहरु गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन्। उनीहरुले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन्। 

यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ। बाढीमा परेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको उद्धारकर्मीहरुले जनाएका छन्।
 
उनीहरुका अनुसार यहाँका छ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन्। उनीहरुलाई विद्यालयहरुमा आश्रय दिएर राखिएको छ। वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्नका लागि सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्