शेयर बजार ‘इन्ट्राडे लो’ मा बन्द
काठमाडाैं, मंसिर १२ : नेप्से परिसूचक ४ दशमलव ६७ ले घटेर १११२ दशमलव ७९ को विन्दुमा बन्द भएका छ। दोस्रो बजार ० दशमलव ४२ प्रतिशतले घटेको छ।
काठमाडाैं, मंसिर १२ : नेप्से परिसूचक ४ दशमलव ६७ ले घटेर १११२ दशमलव ७९ को विन्दुमा बन्द भएका छ। दोस्रो बजार ० दशमलव ४२ प्रतिशतले घटेको छ।
१११७ दशमलव ६५को विन्दुमा खुलेको दोस्रो बजार बिहीबार १११९ दशमलव ६३ को उच्च विन्दुसम्म पुगेको थियो। कारोबार रकम भने बढेको छ।
बजारको न्यून विन्दु १११२ दशमलव ७९ रहँदा दिनभरमा २४ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको ३ करोड ३५ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज माउन्टेन हाइड्रो नेपालका शेयरधनीले सर्वाधिक ५ दशमलव २६ प्रतिशतले कमाए भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ५ दशमलव ९३ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार बजार सकारात्मक रहेको र तत्कालीन प्रतिरोध ११२० र ११३० मा रहेको भनिएको थियो। आज बजारले ११२० को प्रतिरोध क्षेत्रलाई परीक्षण गरी सच्चिएको छ। आज बजार १११२ दशमलब ७९ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार चार कारोबार दिन अघि बजारले ११०० को क्षेत्रमा टेवा प्राप्त गरेको छ। आज बजारले बियरिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। आजको परिमाण भने सामान्य रहेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज केही सच्चिएको छ।
आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘डेड क्रस’ बनाए पछि यसले बजारमा विक्रेताको चाप हुन सक्ने संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २७ दशमलब ८५ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरे पनि बजार बढी हाल्ने संकेत हालसम्म दिएको देखिँदैन।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार सच्चिने क्रममा रहेको देखिन्छ। हाल ११०७ देखि १११२ टेवा क्षेत्र नजिक रहेको देखिन्छ। यदि बजार ११२० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध ११३० मा रहेको देखिन्छ।