Kathmandu Press

भागबन्डाको अख्तियारले ठूला माछा समात्न सक्दैन: डा. भट्टराई

दाङ, मंसिर १२ :  समाजवादी पार्टी, नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर....

भागबन्डाको अख्तियारले ठूला माछा समात्न सक्दैन: डा. भट्टराई
फाइल

दाङ, मंसिर १२ :  समाजवादी पार्टी, नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन्। 

बिहीबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले दलीय भागबन्डामा बनेको अख्तियारले साना भ्रष्टाचार समाते पनि ठूला भ्रष्टाचारीलाई समात्न नसक्ने बताएका हुन्।

उनले भने,‘साना माछा पक्राउ पर्छन्। तर, ठूला माछालाई दलीय भागबन्डाबाट नियुक्त भएकाहरुले पक्राउ गर्ने हैसियत राख्दैनन्।’ 

उनले जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नु पर्ने बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले देश गरिबी र बेरोजगारको दुष्चक्रमा रहेको बताए। उनले दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको आरोप लगाए।

उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नाराबाहेक सरकारले देखिने गरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको बताए।
 

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, मंसिर १२, २०७६