Kathmandu Press

भोलिदेखि वाइसिएलको राष्ट्रिय भेला

काठमाडाैं, भदाैं २ : नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।...
भोलिदेखि वाइसिएलको राष्ट्रिय भेला

काठमाडाैं, भदाैं २ : नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ भोलिदेखि भेला सुरु हुनेछ। भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ। भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौँ आइसकेका छन्।

दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा अघि बढ्नेछ। बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए। भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन्। जसमा केन्द्रीय समितिबाट एक सय ९६, प्रत्येक जिल्लाबाट तीन÷तीन जना गरी दुई सय ५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन्।

प्रकाशित मिति: २०:४८ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्