Kathmandu Press

विद्यालयको शिक्षामा सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन

विद्यालयको शिक्षामा सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन

काठमाडाैं, भदाैं २ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन।

राजधानीमा शिक्षा समन्वय एकाइका प्रमुखहरूलाई आज प्रशिक्षण दिँदै उहाँले सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिएका हुन। 'स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण सङ्कलन गर्नुहोस्,' उनले भने, 'विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ।'

मन्त्री पौडेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवद्र्धनात्मक काम, अनौपचारिका, निरन्तर र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत आग्रह गरेका छन। शिक्षक सेवा आयोगको नियामवली संशोधनपश्चात आयोगले काम गरिरहेको जानकारी गराउँदै उनले आयोगबाट तोकिएबमोजिमका काम छिटो सम्पन्न गर्न आग्रह गरे। विद्यालय समायोजनलागतयका काममा सक्रियतापूर्वक काम गर्न पनि मन्त्री पौडेलले निर्देशन दिएका छन।

प्रकाशित मिति: १९:४१ बजे, बिहीबार, भदौ २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्