Kathmandu Press

स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ

काठमाडाैं, भदाैं २ : नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले...
स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ

काठमाडाैं, भदाैं २ : नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

Hardik ivf

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरुलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। काठमाडौँ महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप रु नौ लाख बरामद गरेको छ। यस्तै, फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको रु १५ लाख बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताए।

प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्