Kathmandu Press

गुठीलाई समेटेर नयाँ भूमि विधेयक ल्याउन सैद्धान्तिक सहमति

काठमाडौं, मंसिर १२ : सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको छ। 

हालै बसेको मन्त्रिपरिषदको बैठकले भूमि स....

गुठीलाई समेटेर नयाँ भूमि विधेयक ल्याउन सैद्धान्तिक सहमति

काठमाडौं, मंसिर १२ : सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको छ। 

हालै बसेको मन्त्रिपरिषदको बैठकले भूमि सम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गुठीलाई पनि समेटेर नयाँ भूमि विधेयक ल्याइने बताए। ‘गुठीको जग्गासम्बन्धी कुरा छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्। भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको छ,’उनले भने।

यसअघि सरकारले गुठीसम्बन्धी छुट्टै विधेयक ल्याएपछि काठमाडौंसहित देशभर आन्दोलन र विरोध जनाइएको थियो। चौतफी आलोचना र विरोध भएपछि सरकारले त्यतिबेला गुठी विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, मंसिर १२, २०७६