Kathmandu Press

गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

झापा, भदाैं २ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन।आजै...
गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

झापा, भदाैं २ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन।

आजै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन। उनले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिए।

तीन दिन झापामै रहने

अध्यक्ष ओली आज दिउँसो गृहजिल्ला झापा आएका हुन। उनी तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ। तीन साताअघि पनि उनी चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए।

उनको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्