Kathmandu Press

‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ संशोधन गर्नुपर्ने माग

काठमाडाैं, भदाै २ : नेपाल भेटेरेनरी एशोसिएशनले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ मा भएका त्रुटिहरू संशोधन गर्नुपर्ने माग गरेको छ। एशोसिएशनले...
‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ संशोधन गर्नुपर्ने माग
Hardik ivf

काठमाडाैं, भदाै २ : नेपाल भेटेरेनरी एशोसिएशनले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ मा भएका त्रुटिहरू संशोधन गर्नुपर्ने माग गरेको छ। एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन गरी गत साउन ३१ गते संसद्ले पारित गरेको सो विधेयकमा भएका त्रुटिहरू संशोधन गरेर मात्र अघि बढाउनुपर्ने माग गरेको हो।

एशोसिएशनका कार्यवाहक अध्यक्ष प्रा डा कृष्णभक्त काफ्लेले आफूहरूले उठाएका मागप्रति वेवास्ता गर्दै संसद्मा उक्त विधेयक पेश गरेर पारित गरिएको भन्दै संशोधन गर्नुपर्ने माग गरे। उनले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत आफूहरूले उठाएका न्यूनतम जायज मागलाई बेवास्ता गरेको गुनासो गरे। गत साउन २२ मा प्रतिनिधिसभामा उक्त विधेयक पेश भएको थियो।

पशु स्वास्थ्य पशुसँग मात्र नभई मानिससँग पनि जोडिएकाले त्यसले विभिन्न प्रकोप, रोगव्याधि ल्याउन सक्ने उनको भनाइ थियो। एशोसिएशनले आफ्नो माग पूरा नभए सङ्घर्ष गर्ने पनि जनाएको छ। सङ्घर्षका कार्यक्रमअन्तर्गत भदौ ३, ४ र ५ गते काठमाडाैं केन्द्रित भेला गर्ने, अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला गर्ने, भेटेरेनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभागअन्तर्गतका स्कुलहरूमा अनिश्चितकालीनरूपमा अध्ययन–अध्यापन बन्द गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्