Kathmandu Press

इजरायली सेनासँगको भिडन्तमा प्यालेस्टिनीको मृत्यु

इजरायली सेनासँगको भिडन्तमा प्यालेस्टिनीको मृत्यु

रमल्लाह, भदौ १ : उत्तरी वेस्ट बैंक सहर नाब्लसमा इजरायली सेनासँगको झडपमा बिहीबार एक प्यालेस्टिनीको मृत्यु हुनाका साथै ३० जना घाइते भएको चिकित्सक एवं प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा १८ वर्षीय वासिम खलिफालाई इजरायली सैनिकले छातीमा गोली हानेका थिए। नाब्लस अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको बताइएको छ ।

Hardik ivf

खलिफाको हत्याको बारेमा इजरायलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।  त्यस क्षेत्रमा दर्जनौं प्यालेस्टिनी प्रदर्शनकारीहरू र इजरायली सैनिकहरू बीच झडप भएको थियो।

प्यालेस्टिनीहरूलाई तितरबितर पार्न अश्रुग्यास, रबरको गोलीलगायत अन्य घातक गोली समेत प्रहार गरिएको बताइएको छ ।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्