Kathmandu Press

काबुल मस्जिद आक्रमणको तालिबानद्वारा निन्दा

काबुल मस्जिद आक्रमणको तालिबानद्वारा निन्दा

काबुल, भदाै २ : तालिबानले बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको  आक्रमणको निन्दा गरेको छ।

अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। बुधबार साँझ प्रार्थनाका क्रममा सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्। 

अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका टोलो समाचार समितिले जानकारी दिएको छ। 

Hardik ivf

साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पु¥याइएको जनाइएको छ।घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने समेत अनुमान गरिएको  छ।

तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ।

अफगानिस्तानको समाचार समितिका अनुसार तालिवानले हताहतबारे कुनै वक्तव्य जारी गरेको छैन।विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन। यस आक्रमणमा मारिएमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन्। 

दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा दश जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए।इस्लामिक स्टेटले दुवै आक्रमणको जिम्मेवारी लिएको थियो।

अफगानिस्तानमा तालिबान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको छ।प्रत्यक्षदर्शीहरुले सो आक्रमण आत्मघातीहरुले गराएका बताएका छन्। 

यसैबीच, अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञाहरू तोडेको बताएका छन्।

न्यूयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबान गरेको मानवअधिकार उल्लघङ्नको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ।

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्