अर्घाखाँची बस दुर्घटनाः मृतक १९ जनाकै सनाखत
सन्धिखर्क, मंसिर १२ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ।
....
सन्धिखर्क, मंसिर १२ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ।
सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपरान्ह सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ। भएको थियो। दुर्घटनामा परी १९ जनाको मृत्यु भको भएको हो।
दुर्घटनामा परी ज्यान गुमाएका नरपानी नगरपालिका–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, सन्धिखर्क–७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, आठ वर्षीया मोनिका खड्का, कपिलवस्तु चपरगाउँ का २७ वर्षीया सीता बस्नेत र अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी प्रकाश विष्टले जानकारी दिए।
यस्तै, सन्धिखर्क नगरपाकिला–१० का छविलाल गैरे, गाडी चालक कपिलवस्तुका ३६ वर्षीय ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका–२ का सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेत र गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको पनि मृत्यु भएको डीएसपी विष्टले जानकारी दिए।
बस सडकबाट झण्डै चार सय मिटर तल जंगलमा खसेको थियो।
हेर्नुस् मृतकको सूची:
.jpg)











