Kathmandu Press

माओवादीको स्थायी कमिटी बैठक ६ बजेका लागि सारियाे

काठमाडौं, भदाै२ : माओवादी केन्द्रको स्थायी कमिटी बैठकको समय दुई घन्टाका लागि पछि सारिएको छ।आज (बिहीबार) अपराह्न ४ बजे बस्ने भनिएको बैठक साँझ ६...
माओवादीको स्थायी कमिटी बैठक ६ बजेका लागि सारियाे

काठमाडौं, भदाै२ : माओवादी केन्द्रको स्थायी कमिटी बैठकको समय दुई घन्टाका लागि पछि सारिएको छ।

आज (बिहीबार) अपराह्न ४ बजे बस्ने भनिएको बैठक साँझ ६ बजेका लागि सारिएकाे हाे। आजै बिहान ९ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो।

Hardik ivf

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल चलिरहेको र आजै पारित गर्ने तयारी भएकाले बैठकको समय हेरफेर गरिएको बताइएको छ।

साँझ ६ बजेका लागि बोलाइएको बैठक पनि संसद् बैठककै कारण बस्ने सम्भावना कम रहेको कार्यालयका एक नेताले बताए।

यो बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ।

प्रकाशित मिति: १६:३० बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्