विधेयकका त्रुटि सच्याउन माग गर्दै भेटेनरी एसाेसिएसनले आन्दाेलन गर्ने
काठमाडाैं, भदाै २ : नेपाल भेटनरी एसाेसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटिहरु संशाेधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका...
काठमाडाैं, भदाै २ : नेपाल भेटनरी एसाेसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटिहरु संशाेधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधिसभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो।
एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ।
त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरु सार्वजनिक गर्दै सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ। विरोधस्वरुप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भाद्र २ गते पेन डाउन, कामकाज बन्द गर्ने, त्यस्तै, भाद्र ३, ४ र ५ गते काठमाडौ केन्द्रित भेला, अत्यावश्यकबाहेक उपचार सेवा बन्द गर्ने लगाएतका छन्।
पत्रकार सम्मेलनमा नेपाल भेटनरी एशोसिएसनका कार्यवाहक अध्यक्ष प्रा.डा. कृष्णभक्त काफ्लेले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी पेलेर संसदमा उक्त विधेयक पेश गरेर पारित गरेको भन्दै आपक्ति जनाए। उनले विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्चाएर एसोसिएशनले उठाएका जायज मागहरु सम्बोधन गर्न माग गरे।
उनले जुन असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पठाइने भनिए पनि उक्त समितिले समेत आफुहरुले उठाएका न्युनतम जायज मागहरुलाई बेवास्ता गरेको बताए।












