रुसी आक्रमणमा चारको मृत्यु २० घाइते

किभ, भदाै २ : उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुका साथै २० जना घाइते भएका गभर्नरले बताएका छन्।
टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी सहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडि यो आक्रमण भएको थियो। खार्किभमा एकदिन अगाडि भएको रुसी आक्रमणमा परी कम्तीमा सात जनाको ज्यान गएको थियो।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मस्कोले फेब्रुअरीको अन्त्यदेखि लगातार रुसी गोलाबारीको सिकार हुँदै आएको छ। मस्कोको सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभल बताएका छन्।
यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्राटुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका एएफपीका पत्रकारहरुले जानकारी दिएका छन्।
रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए। यद्यपी शहरका अधिकांश उत्तरी आवासीय जिल्लाहरूमा गोलाबारी गरिरहेका थिए।












