Kathmandu Press

उत्तरपश्चिम चीनमा बाढी, १६ जनाको मृत्यु, दर्जनौं बेपत्ता

बेइजिङ, भदाै २ : उत्तरपश्चिम चीनमा अविरल वर्षाका कारण गएको पहिरोपछि नदीले बाटो बदलिए आएको बाढीमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका...
उत्तरपश्चिम चीनमा बाढी, १६ जनाको मृत्यु, दर्जनौं बेपत्ता

बेइजिङ, भदाै २ : उत्तरपश्चिम चीनमा अविरल वर्षाका कारण गएको पहिरोपछि नदीले बाटो बदल्दा आएको बाढीमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका सरकारी सञ्चारमाध्यमहरुले बिहीबार जनाएको छ।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीले छवटा गाउँका ६ हजार दुई सय भन्दा बढी मानिसलाई असर गरेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ। यस बाढीको कारण अगस्त १८ सम्म १६ जनाको ज्यान गएको छ। 

चीनमा बाढी चरम गर्मीको समयमा आउँछ। जलवायु परिवर्तनका कारण विश्वभर बारम्बार तापक्रम बढ्दै गएको वैज्ञानिकहरूले जनाएका छन्। 

जुनमा दक्षिणी चीनमा आएको भीषण बाढीका कारण पाँच लाख भन्दा बढी मानिसलाई विस्थापित भएका थिए। करिब २५ करोड डलर बराबरको भौतिक सम्पति क्षति भएको थियो।

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्