Kathmandu Press

आगामी शनिबार २२औं वाग्मती नदी महोत्सव आयोजना हुने

काठमाडौं, भदौ २ : वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन आगामी शनिबार २२औं वाग्मती नदी महोत्सव आयोजना हुने भएको छ।नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज...
आगामी शनिबार २२औं वाग्मती नदी महोत्सव आयोजना हुने

काठमाडौं, भदौ २ : वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन आगामी शनिबार २२औं वाग्मती नदी महोत्सव आयोजना हुने भएको छ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शनिबार बिहान ७ बजेदेखि कुपण्डोल, बागमती पुल, ललितपुरबाट जलयात्रा गरिने जानकारी गराएको हो।

महोत्सवमा र्‍याफ्टिङका साथै बागमती नदी किनारमा विभिन्न रचनात्मक कार्यक्रम गरिने नाराले जनाएको छ। धार्मिक महत्व बोकेको बागमती नदीलाई संरक्षण गर्नका लागि र सवैलाई दायित्वबोध गराउन पनि महोत्सवको आयोजना गरिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

त्यस्तै प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका अध्यक्ष मेघ घलेले बागमती नदीलाई यसअघिको अवस्थामा ल्याउनका लागि र अहिलकोे अवस्थामा बारेमा जनतालाई जानकारी गराउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, भदौ २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्