Kathmandu Press

स्थानीय पूर्वाधार विकास विभागलाई सहरी विकास मन्त्रालयमा गाभेकाे भन्दै कर्मचारीकाे विराेध

काठमाडाैं, भदाै २ : सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई बिनाऔचित्य नाम परिवर्तन गरी सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका...
स्थानीय पूर्वाधार विकास विभागलाई सहरी विकास मन्त्रालयमा गाभेकाे भन्दै कर्मचारीकाे विराेध

काठमाडाैं, भदाै २ : सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई बिनाऔचित्य नाम परिवर्तन गरी सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरुले मन्त्रालयमा प्रदर्शन गरेका छन्।

संघीयता कार्यान्वयनको मर्म अनुसार खारेज भएको बिभागलाई नाम परिवर्तन गरी मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ सेवा सिभिल समूह बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरुले मन्त्रालयमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर भनाभन भएको थियो। खारेज भएको विभागलाई मन्त्रालयमा गाभ्दा कर्मचारीको वृत्ति विकासमै ठुलो असर पुर्याउने उनीहरुको भनाइ छ।

उनीहरुले सहरी एजेन्डालाई छायामा पर्ने एवं भवन, आवास तथा सहरी विकासको क्षेत्रमा कार्यरत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरुको कार्यक्षेत्र र वृत्ति विकासमाथि पटकपटकको हस्तक्षेप बन्द गर्न पनि माग गरेका छन्। 

यसअघि उनीहरुले आफूहरुको मागका बिषयमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए तर कहिबाट सकारात्मक जवाफ नआएकाले बाध्य भएर सांकेतिक रुपमा विरोध गर्नुपरेको कर्मचारीहरुले बताएका छन्।  

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, भदौ २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्