Kathmandu Press

भङ्गाह नगरपालिकाको नगरसभा हुन सकेन

महोत्तरी, भदौ २ : आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि महोत्तरीको भङ्गाह नगरपालिकाको नगरसभा हुन सकेको छैन । कार्यपालिकामा कुनै एक पार्टीको बहुमत...
भङ्गाह नगरपालिकाको नगरसभा हुन सकेन

महोत्तरी, भदौ २ : आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि महोत्तरीको भङ्गाह नगरपालिकाको नगरसभा हुन सकेको छैन । 

कार्यपालिकामा कुनै एक पार्टीको बहुमत नहुँदा सो नगरले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम समेत ल्याउन सकेका नसकेको हो।  

Hardik ivf

प्रत्येक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहीआएको छ । नगर प्रमुख लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सञ्जीवकुमार साह निर्वाचित हुनुभए पनि कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ। 

वडा नं ४ का वडाध्यक्ष गणेश महतो नगरप्रमुख साहका कारण अहिलेसम्म नगरसभा तथा बजेट विनियोजन हुन नसकेको आरोप लगाए। कार्यपालिका सदस्य विजयकुमार मण्डलले करारका कर्मचारीले अहिलेसम्म तलब नपाएको बताए। नगर प्रमुख साहले स्थानीय तहमा बहुमत र अल्पमतको विवाद ल्याउन नहुने बताए । 

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्