प्रधानमन्त्री बिरामी हुँदा शिक्षामन्त्रीको अध्यक्षतामा त्रिवि सिनेट बस्दै
काठमाडौं, मंसिर १२ : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि शिक्षामन्त्रीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक बस्ने भएको छ।

काठमाडौं, मंसिर १२ : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि शिक्षामन्त्रीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक बस्ने भएको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सिनेट बैठक बोलाएको बताए। प्रधानमन्त्री त्रिविको कुलपति तथा शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था छ।
त्यसअनुसार, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा त्रिविको सिनेट बैठक बस्न लागेको हो।
त्रिविको सिनेट बैठक मंसिर १३ गते बोलाइएको छ। त्रिविको सिनेट बैठक असारमै हुनुपर्ने हो तर अहिलेसम्म बस्न सकेको थिएन।
जसले गर्दा त्रिविका शैक्षिक कार्यक्रम समेत प्रभावित भएका छन्। त्रिविको वार्षिक बजेट पारित गर्नुपर्ने भएकाले सहकुलपतिको अध्यक्षतामा बस्ने गरि सिनेट बैठक बोलाइएको उपकुलपति बाँस्कोटाले बताए।
यस अघिका उपकुलपति तीर्थ खनियाँको कार्यकाल भदौ ६ गते सकिएको थियो। त्यसपछि तीन महिना उपकुलपतिको नियुक्ति हुन सकेको थिएन्। कात्तिक १८ गते मात्रै प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति नियुक्त गरेका थिए।











