बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान
बैतडी, भदाै २ : बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान...बैतडी, भदाै २ : बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ।
जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।
आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो।
आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए। आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए।
प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशनशनिबार, मंसिर १, २०८१
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जलीशनिबार, मंसिर १, २०८१
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशीमा दुई दलीय संयन्त्र गठनबुधबार, कात्तिक २८, २०८१
मन्त्रीलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइयो मंगलबार, कात्तिक २७, २०८१