मौसमः आज घाम, भाेलि बादल र केही बेर पानी पर्ने
काठमाडौं, माघ २७ : पश्चिमी वायुको प्रभाव आजदेखि सकिएपनि केहिदिन अझै छिटफुट पानी परिरहने मौसमविद्हरुले बताएका छन् ।
पश्चिमी वायुको प्रभावक....
काठमाडौं, माघ २७ : पश्चिमी वायुको प्रभाव आजदेखि सकिएपनि केहिदिन अझै छिटफुट पानी परिरहने मौसमविद्हरुले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण बुधबारदेखि देशभर पानी परेर उच्च पहाडी भेगमा हिउँ परेका थियो । आजदेखि पश्चिम क्षेत्रमा मौसम बद्ली रहने र काठमाडौं उपत्यकामा पनि आज दिनभर घाम लाग्ने तर भोली छिफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउसो पश्चिमी भु–भाग लगायत मध्य र पूर्वी पहाडि क्षेत्रमा आंशिक बदलि रहनेछ । बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भेगका केही स्थानहरुमा हल्का वर्षा र पश्चिमी हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौंमा आज मौसम हल्का सफा रहेपनि भोलि भने बादल लाग्नुका साथै केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए ।
महाशाखाका अनुसार यो पल्टको हिउँदे वर्षा विगतको भन्दा बढी भएको छ । डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना हिउँदे वर्षा हुने गरेको छ ।
फेब्रुेअरीमा काठमाडौँमा औसतमा १८.७ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष ८ दिनमै दोब्बरभन्दा बढी ९४२.५ मिमि पानी परिसकेको मौसमविद्हरुले जनाएका छन् ।






