Kathmandu Press

काबुलको मस्जिदमा बम विस्फाेट, प्रमुख धर्मगुरुसहित २० जनाको मृत्यु

काबुल, भदाै २ अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाका क्रममा क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु...
काबुलको मस्जिदमा बम विस्फाेट, प्रमुख धर्मगुरुसहित २० जनाको मृत्यु

काबुल, भदाै २ अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाका क्रममा क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्। 

एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन्। तालिबानले सत्ता कब्जा गरेको एक वर्षपछि  धार्मिक स्थलमा भएको यो भीषण एवं जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। 

Hardik ivf

इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्षित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन्। गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो। 

प्रत्यक्षदर्शीका अनुसार शहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले विस्फोट गराएको थियो। विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्। काबुलको इटालियन आपतकालीन अस्पतालले बम विष्फोट भएको स्थानबाट पाँच बालबालिकासहित कम्तीमा २७ जना घाइते सर्वसाधारणलाई त्यहाँ ल्याइएको बताएको छ।

काबुलका प्रहरी प्रमुखका लागि तालिबानद्वारा नियुक्त प्रवक्ता खालिद जाद्रानले मस्जिदभित्र भएको विस्फोटको पुष्टि गरे पनि तर हताहती र घाइतेहरूको विवरण उपलब्ध गराएका छैनन्। तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विस्फोटको निन्दा गर्दै यस्तो जघन्य अपराध गर्नेहरूलाई चाँडै न्यायको कठघरामा ल्याइने र सजाय दिइने प्रतिबद्धता व्यक्त गरेका छन्। 

विस्फाेटनका बेला मस्जिदमा रहेका एकजना प्रत्यक्षदर्शीले आज बिहान मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउँदै कम्तीमा २५ जना मारिएका एपीलाई जानकारी दिए। 

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्