Kathmandu Press

मोरङमा आगलागी हुँदा एक युवकको मृत्यु

विराटनगर, भदौ २ : मोरङको सुन्दरहरैचा–११ मा आगलागी हुँदा एक युवकको मृत्यु भएको छ।आगलागीमा बेलबारी–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला...
मोरङमा आगलागी हुँदा एक युवकको मृत्यु

विराटनगर, भदौ २ : मोरङको सुन्दरहरैचा–११ मा आगलागी हुँदा एक युवकको मृत्यु भएको छ।

आगलागीमा बेलबारी–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले बताए। गएराति ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगलागी भएको थियो।

त्यहि घरमा रहेका कुमारको मृत्यु भएको हो। उनी घरमा रंगरोगन गर्न मजदुर भएको डीएसपी श्रेष्ठले बताए।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:२२ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्