Kathmandu Press

टिपर दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

हुम्ला, मंसिर १२ : टिपर दुर्घटनामा घाइते भएका ११ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ।

बुधबार हुम्लाको नाम्खा गाउँपालिकाको सल्लीबाट सामान ....

टिपर दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

हुम्ला, मंसिर १२ : टिपर दुर्घटनामा घाइते भएका ११ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ।

बुधबार हुम्लाको नाम्खा गाउँपालिकाको सल्लीबाट सामान लिएर आउदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको थियो। दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि आज नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते सबैको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा नाम्खा गाउँपालिका–१ हेप्कागाउँका छिरिङकर्मा तामाङ र  नरी लामा, खार्पुनाथ गाउँपालिका–१ का बबरजङ शाही र  सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको मृत्यु भएको थियो।

तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्ती मगरले बताए।

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, मंसिर १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्