Kathmandu Press

दार्चुला दुर्घटना अपडेट : पाँचकाे मृत्यु, ९ घाइते

दार्चुला, भदौ १ : दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो...
दार्चुला दुर्घटना अपडेट : पाँचकाे मृत्यु, ९ घाइते

दार्चुला, भदौ १ : दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो।

जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।

जिप सडकबाट झण्डै २५० मिटर तल खसेको थियो। घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्