Kathmandu Press

लमजुङको घनपोखरामा जिप दुर्घटना १० जना घाइते

काठमाडाैं, भदाैं १ : लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरामा जिप दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्।बुधबार दिउँसो जिप दुर्घटना हुँदा ग १...
लमजुङको घनपोखरामा जिप दुर्घटना १० जना घाइते

काठमाडाैं, भदाैं १ : लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरामा जिप दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्।

बुधबार दिउँसो जिप दुर्घटना हुँदा ग १ ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो।

बेँसीसहरदेखि घनपोखरा जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूकाे को प्रहरी र स्थानीय मिलेर उद्धार गरेको छ।

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्