Kathmandu Press

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, भदौं १ : रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक काठमाडौं बानेश्वर बस्ने...
रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं, भदौं १ : रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक काठमाडौं बानेश्वर बस्ने रूपन्देही सैनामैना नगरपालिका–९ घर भएका ३९ वर्षीय छविलाल भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईले कही व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाईदिने प्रलोभनमा पारी रकम लिई गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्