गणतन्त्रको पक्षमा लागेपछि ज्ञानेन्द्र शाहीलाई कारबाही
काठमाडौं, मंसिर १२ : गणतन्त्रको पक्षमा लागेको भन्दै नेपालका लागि नेपाली अभियानले ज्ञानेन्द्र शाहीलाई कारबाही गरेको छ।
अभियानले प्रेस विज्ञप्....

काठमाडौं, मंसिर १२ : गणतन्त्रको पक्षमा लागेको भन्दै नेपालका लागि नेपाली अभियानले ज्ञानेन्द्र शाहीलाई कारबाही गरेको छ।
अभियानले प्रेस विज्ञप्ति जारी गरि मंसिर ११ गतेदेखि अभियानसँग संलग्न नभएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालका लागि नेपाली अभियानमा श्री ज्ञानेन्द्र शाहीले पुर्याउनु भएको योगदानका लागि धन्यवाद दिँदै निजले मिति २०७६/८/११ गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको कुनै पनि संलग्नता, सहभागिता र समर्थन नरहने तथा नेपालका लागि नेपालीमा निज ज्ञानेन्द्र शाहीको कुनै पनि जिम्मेवारी नरहने व्यहोरा जानकारी गराइन्छ।’
यो अभियानमार्फत उनी भ्रष्टाचारविरुद्ध काम गर्दै आएका थिए। उनी सुर्खेतमा प्रहरीसँग झडप हुँदा पक्राउ परेका थिए।
त्यसपछि भदौ २८ गते नेपालगञ्जबाट काठमाडौं आउने विमान पर्यटनमन्त्री योगेश भट्टराईका लागि कुराएको भन्दै विरोध गरेका थिए। जसले गर्दा उनी चर्चामा आएका थिए।
त्यसपछि चितवनमा असोज ११ गते कार्यक्रम गर्न खोज्दा नेकपा कार्यकर्ताले कुटपिट गरेका थिए। यी सबै घटनाले उनलाई चर्चामा ल्याएको थियो।
तर, उनी गणतन्त्रको पक्षमा उभिएको भन्दै नेपालका लागि नेपाली अभियानले कारवाही गरेको छ। संघीयता र धर्मनिपेरक्षताको खारेजीको माग गर्दै आएको अभियानले राजतन्त्रको पक्षमा वकालत गर्दै आएको छ। विज्ञप्तिमा यि एजेन्डा अभियानको प्रतिवद्धता अझै सशक्त हुने जनाएको छ।











