भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई मोबाइल
काठमाडाैं, भदाै १ : भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालिन नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिटरेसी कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकहरुलाई मोबाइल फोन वितरण गरिएको छ।ललितपुरको बुङमतिमा...
काठमाडाैं, भदाै १ : भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालिन नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिटरेसी कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकहरुलाई मोबाइल फोन वितरण गरिएको छ।
ललितपुरको बुङमतिमा सञ्चालित नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई मोवाईल फोन हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आजको युग भनेको डिजिटल युग भएकाले जेष्ठ नागरिकहरुलाई पनि सूचना प्रविधिको पहुँचमा पुराउनु सकारात्मक कुरा भएको बताए।
खनालले आधारभूत शिक्षा कार्यक्रम प्रदानमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निकै सकारात्मक भूमिका खेलेको जिकिर गर्नुभयो। भरतमोहन अधिकारीले अघि सार्नुभएका कार्यक्रमहरु निकै लोकप्रिय रहेकाले सदैव स्मरणीय रहेको उहाको भनाइ छ।
प्रतिष्ठानका सदस्य लीमा अधिकारीले मोबाइल वितरण भएसंगै तीन महिना जेष्ठ नागरिकहरुलाई मोबाइल चलाउन सिकाउने बताए।
जेष्ठ नागरिकहरुलाई आधारभूत शिक्षाका साथै मोवाईल चलाउन पनि सक्षम बनाइने उनको भनाइ छ। उनले प्रतिष्ठान राजनीतिक भन्दा पनि सामाजिक कार्यमा सक्रिय हुदै आएको बताए।
त्यस्तै आधारभूत शिक्षा लिइरहेका जेष्ठ नागरिकहरुले आफुहरुले अक्षर पढ्न लेख्न सिकेको र निकै खुसी लागेको बताएका छन्।
निरक्षरताका कारण विभिन्न अवसरबाट वञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सविता अधिकारी, ललितपुरका वडा अध्यक्षहरू, बुङमतिका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो।












