Kathmandu Press

आगलागीका कारण अफगानिस्तानमा आठ सय परिवार विस्थापित

फैजाबाद, भदाै १ : अफगानिस्तानमा उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार...
आगलागीका कारण अफगानिस्तानमा आठ सय परिवार विस्थापित

फैजाबाद, भदाै १ : अफगानिस्तानमा उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन्।

विस्थापित परिवारहरु जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सत्तार हलिमीले पत्रकारहरूलाई बताएका छन्।

‘अगस्ट ८ मा शुरु भएको आगलागीले फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा सबैलाई घेरेको छ, प्रत्येक दिन पाँचदेखि ६ घरहरू पूर्ण वा आंशिक रूपमा जलेको छ र १ सय २० आवासीय घरहरु खरानी भएका छन्,’  एक अधिकारीले जानकारी दिएका छन्।

प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा आगलागीबाट ठूलो क्षति पुगेको छ। अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्